महामन्त्रीमा प्रदीप पौडेलले गराए उम्मेदवारी दर्ता



काठमाडौं, असोज २० । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुनः महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार पौडेलले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

पौडेलको प्रस्तावकमा तनहुँका जितप्रकाश आले, मकवानपुरकी अभिप्सा पौडेल साथै समर्थकमा काठमाडौंका राजु खड्का, भोजपुरका सफल किराँतलगायत छन् ।

पौडेल् बिधार्थि कालदेखिनै स्वच्छ छबि प्रगतिशिल् र सुधारबादि नेताका रुपमा परिचित् छन् । पौडेल् लामो समयसम्म स्वच्छ छबि टिकाइराख्ने नेताका रुपमा पनि चिनिन्छन् ।

कांग्रेसको संशोधित विधानअनुसार यसपटक दुई खुला र एक महिला गरी तीन महामन्त्री रहने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : आश्विन २०, २०८३ मंगलबार  ५ : ५३ बजे