आङगेलु शेर्पाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी



काठमाडौं,२० असोज । नेपाली कांग्रेसका नेता आङगेलु शेर्पाले पार्टीको केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

नेता शेर्पाले कांग्रेसको जारी १५औँ महाधिवेशनमा अल्पसंख्यक क्लस्टरबाट पार्टीको केन्द्रीय सहमहामन्त्रीमा उम्मेदवारी दिएका हुन्।

शेर्पा हाल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेका छन्।

उम्मेदवारी दर्ता गरेपछि सामाजिक सञ्जालमार्फत शेर्पाले आफूले सबै साथीहरूको सल्लाह–सुझावअनुसार सहमहामन्त्री पदमा उम्मेदवारी दिएको बताउदै महाधिवेशन प्रतिनिधिहरूसँग सहयोग तथा समर्थनको अपिलसमेत गरेका छन्। आफ्नो निर्वाचन अभियान साथीहरूको सहभागितामा तीव्र गतिमा अघि बढिरहेको भन्दै उनले अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन्।

‘सबै साथीहरूको सल्लाह–सुझाव बमोजिम मैले नेपाली कांग्रेस केन्द्रीय महाधिवेशनमा अल्पसंख्यकतर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गरेको छु,’ शेर्पाले सामाजिक सञ्जालमा लेखेका छन्।

शेर्पा बिधार्थि कालदेखिनै स्वच्छ छबि प्रगतिशिल र सुधारबादि नेताका रुपमा परिचित् छन् । उनि लामो समयसम्म स्वच्छ छबि टिकाइराख्ने नेताका रुपमा पनि चिनिन्छन् ।

प्रकाशित मिति : आश्विन २०, २०८३ मंगलबार  ६ : ४१ बजे