काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनकाअनुसार भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित संघ प्रदेश र पालिकाका जनप्रतिनिधि उपस्थित हुनेछन् ।










