काठमाडौँ, असोज २२ गते । उखु उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान दिने सम्बन्धी कार्यविधि सरकारले स्वीकृत गरेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको सचिवालयले दिएको जानकारीअनुसार उखु उत्पादक किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि ९२०७५ संशोधन सहित० पारित भएको छ ।
सो कार्यविधि पारित भएसँगै चालु आर्थिक वर्षका लागि देशभरका उखु किसानलाई अनुदान वितरण गर्न एक अर्ब ५० करोड रुपियाँ खर्च व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि उखु किसानलाई अनुदान उपलब्ध गराउन सो रकम विनियोजन गरिएको हो ।
कार्यविधि पारित भएसँगै अब उखु किसानले अनुदान रकम सहज रुपमा पाउने भएका छन् । अघिल्ला सरकारहरुले उखु किसानलाई दिँदैआएको अनुदानको रकम कटौती गरेकोले उखु किसानले अनुदान रकमको निरन्तरताको माग राख्दै आएका थिए ।










