कांग्रेस महाधिवेशन : सभापतिको मतगणना आजै राष्ट्रियसभा सुरु हुने



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिका लागि खसेको मतगणना आजै हुने भएको छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सभापतिको मतगणना राष्ट्रियसभा गृहमा हुने बताए ।

अन्य पदका लागि खसेको मतपत्र भने आजै पार्टी केन्द्रीय कार्यालयमा लगिनेछ ।

सभापतिको नतिजा सार्वजनिकपछि मात्रै अन्य पदको गणना हुनेछ ।

प्रकाशित मिति : आश्विन २३, २०८३ शुक्रबार  ७ : ४१ बजे