मौसम विभागले भन्यो : बुढीगण्डकी बाढीको कारण वर्षा होइन, पहिरोले खोला थुनिँएर हुनसक्छ



काठमाण्डौ । गोरखाको बुढीगण्डकीमा आईतवार बिहान आएको बाढी र पहिरोको मुख्य कारण केबल वर्षा मात्र नभई, पहिरोले खोला थुनिँदा (ड्यामिङ) सिर्जित विपद् हुनसक्ने प्रारम्भिक निष्कर्ष मौसम विज्ञान विभागले निकालेको छ ।

विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले पछिल्ला केही दिनमा रेकर्ड गरिएको वर्षाको मात्रा सामान्य रहे पनि त्यसले पहिरो निम्त्याउन पर्याप्त भुमिका खेलेको हुनसक्ने बताइन् ।

डा। श्रेष्ठकाअनुसार गोरखाका विभिन्न स्टेसनहरू जस्तै बारपाक, नामरुङ र सेतीबेसीमा पछिल्लो केही दिनमा सामान्यदेखि केही मात्रामा वर्षा भएको छ ।

प्रकाशित मिति : आश्विन २५, २०८३ आईतबार  ९ : २४ बजे