काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ ।
आज सुनको मूल्य तोलामा दुई हजार २०० रुपैयाँले घटेको हो।
यस दिन सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ६० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










