कांग्रेसको खुला सहमहामन्त्रीमा रामहरि र अजयबाबु विजयी



काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री ९खुला० पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन् । दुई जना निर्वाचित हुने यस पदका लागि कूल नौ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेकामा खतिवडा र शिवाकोटी विजयी भएका हुन् ।

निर्वाचन समितिले दिएको अन्तिम परिणामअनुसार महाधिवेशनमा खसेको कुल ७ हजार ४३ मतमा रामहरि खतिवडाले २९१०, अजयबाबु शिवाकोटीले २१७३ मत पाएका छन् ।

पराजित दिल्लीराम सुवेदीले १८५२, देवेन्द्रराज कण्डेलले १३८१, राजीव ढुंगानाले १२३२, विकास कोइरालाले ११४४ मत पाएका छन् । त्यस्तै अमृतकुमार अर्यालले ९२१, रमेशप्रसाद धमलाले ७८० तथा विमलराज क्षेत्रीले २८३ मत पाए ।

प्रकाशित मिति : आश्विन २७, २०८३ मंगलबार  ४ : ३० बजे