सभामुख अर्याल आईपीयूको महासभामा सहभागी भएर स्वदेश फिर्ता



काठमाडौं, असोज २७ । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्।

तान्जानियाको अरुशा शहरमा आयोजना भएको महासभामा सहभागी हुन असोज १८ मा नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख अर्याल त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : आश्विन २७, २०८३ मंगलबार  ४ : ३४ बजे