ओमानलाई ११३ रनले पराजित गर्दै नेपालको लागतार दोस्रो जीत, एक दिवसीय मान्यता जोगीने सम्भावना बढ्यो



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लीग २ अन्तर्गत ‌‌ओमानमा जारी त्रिपक्षीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई हराएको छ।

जारी शृङ्खलामा नेपाल क्यानडा र ओमानसँग २-२ खेल खेल्दै छ।

आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई हराएको थियो।

मङ्गलवारको खेलमा टस जिती ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६३ रन बनाएको थियो।

नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाएका थिए।

इनिङ्सको अन्त्यतिर करण केसीको योगदान पनि उल्लेख्य रह्यो।

दोस्रो इनिङ्समा नेपालले घरेलु टोलीलाई १५० रनमै अलआउट गर्‍यो।

नेपालका लागि नन्दन यादव र सन्दीप लामिछानेले ३-३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए।

यो जितले नेपाललाई एक दिवसीय मान्यतालाई कायमै राख्न सजिलो बनाएको छ ।

नेपाललाई बाँकी खेल पनि जित्नैपर्ने दबाब छ ।

प्रकाशित मिति : आश्विन २७, २०८३ मंगलबार  ९ : ११ बजे