कांग्रेस केन्द्रीय सदस्य खस आर्य महिलातर्फ यस्तो छ पछिल्लो मत परिणाम



काठमाडौँ,असोज २८ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य ९खस आर्य महिला० तर्फको मतगणनामा डा। भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन्।

१ हजार ५०० मत गणना हुँदा डा। भण्डारीले ६८० मत प्राप्त गरेकी छन्। यससमूहबाट ८ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

हालसम्मको मतपरिणामअनुसार जानुका पन्तले ५०७, गीता देवकोटाले ५०५, जानकी सिंहले ४४७, अम्बिका सुवेदी र कृष्णकुमारी बस्नेतले समान ४२५, देवकी गौतमले ४१३, अधिवक्ता सरिता तिम्सिना पंगेनीले ४०४, बिनिता अधिकारीले ४०२, चम्पादेवी खड्काले ३९१ र सन्तोषी साउद ऐरीले ३६७ मत प्राप्त गरेका छन्।

त्यस्तै, उर्मिला कँडेलले ३१८, शोभा अधिकारीले ३०३, बिन्दु मल्ल ठकुरी ९आस्था० ले २६९, निर्मला वस्ताकोटी ९निरु खड्का० ले २६६, हिरा भट्टराईले २६०, सीतादेवी पौडेलले २४१, सुजाता कार्कीले २२५, प्रमिला लम्सालले २२३, निर्मला कुमारी रावल कार्कीले २१२ र सरस्वती भट्टले २०४ मत प्राप्त गरेका छन्।

कमला लामिछानेले १९१, सीता ज्ञवालीले १८३, माधवी शर्मा वाग्लेले १८१, शान्ता बास्कोटाले १८०, नारायणी रायमाझी र बसन्ती भाटले समान १७९, गीता सिंखडाले १७२, सुमनकुमारी संज्यालले १४९, राधाकुमारी कुँवर क्षेत्रीले १३६, निर्मला रिसालले १३५ र सृजना लामिछाने फुयाँलले १३० मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

प्रकाशित मिति : आश्विन २८, २०८३ बुधबार  १० : ३७ बजे