२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सहमहामन्त्री मुस्लिमतर्फ मो. फिरदोष आलम निर्वाचित भएका छन्।
आलम ३ हजार ३४७ मतसहित सहमहामन्त्री निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
उनका प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ मत ल्याए भने अर्का उम्मेदवार अतहर कमाल मुसलमानले ५५७ मत ल्याएका छन्।
सहमहामन्त्री जितेका फिरदोष प्रतिनिधि सभा सांसद पनि हुन्।










