कांग्रेसको १५औँ महाधिवेशन : पेशागततर्फ केदार नरसिंह र सीताराम केसीसहित को-को भए निर्वाचित ?



काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागततर्फको केन्द्रीय सदस्यमा डा। केदार नरसिंह केसी सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

कूल पाँच पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार २५३ मत ल्याएका हुन्।

निर्वाचन परिणामअनुसार पेशागततर्फ प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो, डा. प्रदीप मिश्र १ हजार ४७८ मतसहित चौथो र केशव निरौला १ हजार २३२ मत प्राप्त गरी पाँचौँ स्थानमा रहँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

प्रकाशित मिति : आश्विन २९, २०८३ बिहीबार  ८ : १६ बजे