चाडपर्वको सिजनमा उपभोक्तालाई महँगीको मार, खर्च धान्नै मुस्किल



काठमाडौं । विगतमा बडादशैँको घटस्थापनाभन्दा आधा महिनाअगाडि नै काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरमा दशैँको किनमेल गर्नेको चहलपहल बढिसकेको हुन्थ्यो । तर, यस वर्ष फूलपाती नजिकै आइसक्दासमेत बजारमा खासै चहलपहल देखिएको छैन । काठमाडौं उपत्यकाका असन, इन्द्रचोक, न्युरोड, महाबौद्ध, पुतलीसडक, लगनखेल, भक्तपुर क्षेत्रलगायतका बजारमा दशैँको किनमेल गर्नेको भिडले पैदल हिँड्नसमेत मुस्किल पर्ने गथ्र्यो । तर, यस वर्ष काठमाडौं उपत्यका र आसपासका बासिन्दालगायतका मुख्य शहरहरूमा विगतका वर्षहरूमा जस्तो दशैँको उल्लास र उमंग छैन ।

एकातिर दशैँकोे मुखैमा देशका मुख्य राजमार्गहरू अवरुद्ध छन् । सडक सञ्जाल बिग्रिँदा ढुवानीमा कठिनाइ भएको छ भने अर्कोतिर बजारमा उपभोग्य वस्तुको अभाव देखाउँदै महँगीका कारण उपभोक्ताले थेग्नै नसक्ने अवस्था सिर्जना भएको छ । यसले गर्दा यसपटक आमउपभोक्ताको दशैँसहित चाडपर्व महँगीको चपेटामा नराम्ररी पिल्सिएको छ । दशैँ भन्नेबित्तिकै मिठोमसिनो खाने, विशेषगरी मासुका परिकारहरूमा रमाउने चाडका रूपमा लिइन्छ । तर, यस वर्ष उपत्यकामा खाद्यान्न, लत्ताकपडा, खसीबोका र च्याङ्ग्राको अभाव र महँगीले दशैँको भान्सा महँगो र खल्लो हुने देखिएको छ । व्यवसायीहरूका अनुसार ढुवानीमा भएको चरम कठिनाइ र बढ्दो लागतका कारण यस वर्ष मासुको मूल्य अस्वाभाविक रूपमा बढ्ने चिन्ता छ ।

तथ्यांकलाई हेर्ने हो भने गत वर्षको दशैँमा काठमाडौं उपत्यकामा करिब ४५ देखि ५० हजारको संख्यामा खसीबोका खपत भएको थियो । तर, यस वर्ष बाटोघाटोको समस्या र महँगीका कारण यो संख्या घटेर ३८ देखि ४० हजारमा सीमित हुने अनुमान व्यवसायीहरूले गरेका छन् । दशैँमा मासुमात्र होइन, अन्य अत्यावश्यक सामग्रीको पनि उत्तिकै खपत हुन्छ । तर, उपत्यका भित्रिने सडक सञ्जाल वर्षाका कारण बिग्रिँदा सहज रूपमा आउनुपर्ने तरकारी र फलफूलको आपूर्ति ठप्प जस्तै छ । धादिङ, नुवाकोट, मकवानपुर, काभ्रेलगायतका छिमेकी जिल्लाहरूबाट दैनिक रूपमा भित्रिने ताजा तरकारी बाटोमै कुहिने अवस्थामा छन् । कतिपय गाउँमै रोकिएका छन् ।

यसको प्रत्यक्ष असर उपत्यकाको बजार मूल्यमा परेको छ । खाद्यान्न र तरकारीको मूल्य अचाक्ली आकासिएको छ । हिजोसम्म सामान्य मूल्यमा पाइने गोलभेँडा, प्याज, आलु र हरिया तरकारीको भाउ छोइसक्नु छैन । स्याउ, केराजस्ता फलफूलको मूल्यले पनि नयाँ रेकर्ड कायम गरिरहेका छन् । कुनै पनि चाडपर्वमा बजार सन्तुलित रहनका लागि आपूर्ति सञ्जाल चुस्त हुनुपर्छ । तर, यो पटक उपत्यकामा दशैँको समयमा आपूर्ति सञ्जाल पूर्णरूपमा ध्वस्त भएको छ । मालवाहक ट्रकहरू बाटैमा अलपत्र पर्दा एकातिर व्यापारीहरूको लगानी डुब्ने जोखिम बढेको छ भने अर्कोतिर बजारमा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्नेहरूलाई पनि मौका मिलेको छ । चाडबाडका बेला खल्तीमा भएको सीमित बजेटले परिवारको अनुहारमा खुसी ल्याउने सपना बोकेका आमनागरिक यतिबेला बजार भाउले निराश बन्न पुगेका छन् ।

भदौमा औसत बजार भाउ ६.३४ प्रतिशत


वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्य गत भदौमा औसत ६।३४ प्रतिशत छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो मूल्य वृद्धि ४.४७ प्रतिशतले बढी हो । भदौ २०८२ मा औसत मूल्य वृद्धिदर १.८७ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकको भदौ महिनाको प्रतिवेदनअनुसार गएको दुई महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ७.५४ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ५।६९ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि दर १.३४ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको थियो ।

गत भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १६.६८, फलफूलको १५.९९, चिनी तथा चिनीजन्य पदार्थको १२.१४, माछा तथा मासुको ७.३४, तरकारीको ७.०७ र मरमसलाको ६.७१ प्रतिशतले बढेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.७७, मदिराजन्य पेय पदार्थको ८.८३, कपडा तथा जुत्ताचप्पलको ७।०६, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ र सूर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले बढेको राष्ट्र बैंकको भदौ महिनाको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.७८ प्रतिशतले र शहर क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.१९ प्रतिशतले बढेको छ । प्रदेशगत आधारमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धि सबैभन्दा बढी मधेस प्रदेशको ७.४८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको ५.१६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

गरिबलाई भान्सा चलाउनै धौ–धौ
गत वर्षको असोज (२०८)० र यस वर्षको असोज (२०८३) को तरकारी तथा कृषि उपजको थोक मूल्य सूचीलाई तुलना गर्दा आमउपभोक्ताको भान्सा निकै महँगिएको देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अधिकांश तरकारी, मसला र फलफूलको मूल्यमा भारी वृद्धि भएको छ । दैनिक उपभोग हुने हरियो तरकारी र मसलाजन्य वस्तुको भाउ आकासिँदा सर्वसाधारणको दैनिकी र घरखर्च नराम्ररी प्रभावित हुने अवस्था सिर्जना भएको छ । गत वर्ष ७५ रुपैयाँ प्रतिकिलो रहेको हरियो प्याजको मूल्य २६६ प्रतिशतभन्दा बढीले उकालो लाग्दै २७५ रुपैयाँ कायम भएको छ ।

यसैगरी भान्सामा नभइनहुने सुकेको भारतीय प्याजको मूल्यमा पनि १३१ प्रतिशतको भारी वृद्धि भई ३५ रुपैयाँ ६० पैसाबाट ८२ रुपैयाँ ५० पैसा पुगेको छ । खुर्सानीको भाउले उपभोक्तालाई निकै पिरो बनाएको छ । हरियो बुलेट र लाम्चो खुर्सानीको मूल्य क्रमशः २०१ र १६० प्रतिशतले बढेर प्रतिकिलो १२५ रुपैयाँ पुगेको छ । त्यस्तै, डल्लो र लाम्चो भन्टा, हरियो फर्सी (डल्लो), इस्कुस र तितेकरेलाको मूल्य पनि १०० प्रतिशतभन्दा बढीले अर्थात् दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।

भान्साको अनिवार्य आवश्यकता मानिने गोलभेँडा र आलुको मूल्यमा भने मिश्रित प्रभाव देखिएको छ । नेपाली सानो गोलभेँडा (लोकल र टनेल) को मूल्यमा क्रमशः ८२ र ६० प्रतिशतले उछाल आएको छ । नेपाली मुडे र लाम्चो रातो आलुको मूल्यमा करिब ६ देखि १२ प्रतिशतसम्म वृद्धि भएको छ । मसलाजन्य बालीतर्फ अदुवा, कागती र हरियो धनियाँको मूल्य करिब दोब्बर ९९२ देखि ९५ प्रतिशतसम्म० ले बढेको छ । लसुन ९नेपाली र चिनियाँ दुवै० को मूल्यमा पनि १५ देखि ४२ प्रतिशतसम्मको बढोत्तरी भएको छ । फलफूल, च्याउ र माछाको बजार पनि महँगीबाट अछुतो छैन । गत वर्ष १०६ रुपैयाँ रहेको अम्बा यस वर्ष ११२ प्रतिशतले बढेर २२५ रुपैयाँ पुगेको छ । नेपाली केरा, किवी, स्याउ (फुजी) जस्ता फलफूलको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । बजारमा सुकेको माछाको मूल्य स्थिर रहे पनि ताजा माछा (रहु, बचुवा, छडी) को मूल्यमा सातदेखि ४८ प्रतिशतसम्मको वृद्धि देखिएको छ ।

दुई महिनामा भित्रियो चार खर्ब बढी रेमिट्यान्स


चालु आर्थिक वर्षको दुई महिना ९साउन र भदौ०मा चार खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको थियो । मासिक रूपमा हेर्दा पनि भदौ २०८३ मा मात्र दुई खर्ब २१ अर्ब ३१ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ ।

गत आर्थिक वर्षको भदौमा एक खर्ब ७४ अर्ब ६७ करोड रेमिट्यान्स भित्रिएको थियो । गत भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २७।६ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीका लागि ७८ हजार ३२० जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । सोही अवधिमा ५२ हजार १६३ जनाले पुनः श्रम स्वीकृति लिएको तथ्यांक छ । गत आर्थिक वर्षको दुई महिनामा ९० हजार १९८ जनाले अन्तिम श्रम स्वीकृति र ४५ हजार ८८४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

५२ करोडले वृद्धि भई ५९ खर्ब ५० अर्ब ५८ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा ०.९ प्रतिशतले बढेर ४९ अर्ब २४ करोड पुगेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : आश्विन ३०, २०८३ शुक्रबार  १० : ०५ बजे