रुपन्देही २ मा गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने



गठबन्धनले रुपन्देही क्षेत्र नं २ मा जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । सो निर्वाचन क्षेत्रमा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा समर्थन गर्ने निर्णय गरिएको गठबन्धनका चार शीर्ष नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

यसअघि रुपन्देही २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा ९एकीकृत समाजवादी०का राजु गुरुङको उम्मेदवारी परेको थियो । गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले थापालाई समर्थन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : कार्तिक ९, २०७९ बुधबार  ६ : ३६ बजे