गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उनको एक्कासी लडेर मृत्यु भएको हो ।
राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनु अघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । राना एमालेबाट वडाध्यक्षमा निर्वाचत भएका थिए ।
वडाध्यक्ष रानाको आज अन्त्येष्टि गरिने नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाले जानकारी दिए । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना गोरखा नगरपालिका–५ बाट बडाध्यक्षमा विजयी भएका थिए।










