मधेस प्रदेशसभामा नयाँ-पुराना अनुहारको मिश्रण



११ मंसिर २०७९, धनुषा। मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा पठाएका छन्। फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखिने भएको छ।

प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा एक सय सात सदस्यीय सांसद चुनिने व्यवस्था रहको छ। अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि पुनःदोहोरिएका छन् भने संसद्को पहिलो अनुभव लिन नयाँ अनुहारको समेत उल्लेख्य सङ्ख्यामा प्रदेशसभामा प्रवेश पाउने भएको छ।

एक कार्यकाल मुख्यमन्त्रीका रुपमा सरकार सञ्चालन गरी सकेका लालबाबु राउत फेरि दोहोरिएका छन्। जनता समाजवादी पार्टी ९जसपा० का केन्द्रीय नेतासमेत रहेका उनी पर्सा क्षेत्र नं १ ९२० बाट निर्वाचित भएका छन्।

कांग्रेस नेता रामसरोज यादव धनुषा क्षेत्र नं ३ ९१० बाट फेरि प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। रामसरोज यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत भइसकेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेता जितेन्द्र सोनल पनि बारा क्षेत्र नं ४ ९२० बाट दोस्रो पटक निर्वाचित भएका छन्। सोनल मधेस प्रदेशमा भौतिक पूर्वाधार तथा विकासमन्त्री भइसकेका छन्।

त्यस्तै पर्सा क्षेत्र नं २ ९२० बाट लोसपाकै रमेशप्रसाद कुर्मी पनि फेरि निर्वाचित भएका छन्। उनी २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट निर्वाचित भएका थिए।

पर्साकै क्षेत्र नं ४ ९१० बाट कांग्रेसका शङ्करप्रसाद चौधरी पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। दोस्रो पटक निर्वाचित हुनेमा रौतहट(४ ९२० बाट जसपाका शेष अबुल कलाम आजाद पनि पर्छन्।

यसैगरी सर्लाहीबाट चार जना प्रदेश सांसद दोस्रो पटक निर्वाचित भएका छन्। सर्लाही क्षेत्र नं १ ९१० बाट लोसपाका उपेन्द्र महतो र ९२० बाट वेंची लुङेली, क्षेत्र नं ३ ९२० बाट जसपाका सञ्जयकुमार यादव तथा क्षेत्र नं ४ ९१० बाट कांग्रेसका वीरेन्द्रप्रसाद सिंहले प्रदेशसभामा पुनः निर्वाचित भई सिट सुरक्षित गरेका छन्। कांग्रेसका सिंह यसअघि प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीसमेत भइसकेका छन्।

त्यस्तै महोत्तरी क्षेत्र नं ३ ९१० मा लोसपाबाट उम्मेदवार बनेका अभिराम शर्मा र ३ ९२० बाट रानी शर्मा पुनःनिर्वाचित भएका छन्। अभिराम शर्माले सामाजिक विकास राज्यमन्त्रीको समेत जिम्मेवारी सम्हाली सकेका छन्।

उनले मधेस प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएको जसपाका दीपेन्द्र झालाई झिनो मतले पराजित गरे। धनुषा क्षेत्र नं २ ९२० मा जसपाका रामाशिष यादव पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। सप्तरी क्षेत्र नं ३ ९१० मा कांग्रेसका मोहम्मद समिम पनि दोस्रो पटक निर्वाचित भएका छन्।

केही नयाँ अनुहार

पर्सा क्षेत्र नं १ ९१० बाट निर्वाचित माओवादी केन्द्रका रहवर अन्सारी, पर्सा क्षेत्र नं २ ९१० बाट निर्वाचित कांग्रेसका श्यामप्रसाद पटेल, पर्सा क्षेत्र नं ३ ९२० बाट जितेका कांग्रेसका जनार्दन सिंह क्षेत्रीको प्रदेशसभामा यो पहिलो यात्रा हो।

यस्तै बारा क्षेत्र नं ३ ९१० बाट निर्वाचित एमालेको रवीन्द्र दास श्रेष्ठ, बाराकै क्षेत्र नं ४ ९१० बाट निर्वाचित एमालेका देवनारायण थारू पनि प्रदेशसभाका लागि नयाँ हुन्।

रौतहटमा प्रदेशसभामा निर्वाचित सातमध्ये छ नयाँ छन्। क्षेत्र नं १ ९१० बाट नागेन्द्र साह र ९२० बाट कृष्णप्रसाद यादव निर्वाचित निर्वाचित भएका छन्। कांग्रेसका दुवै नेताको पनि यो प्रदेशसभाको पहिलो यात्रा हो।

कृष्ण यादव कांग्रेसका प्रदेश सभापति पनि हुन्। क्षेत्र नं २ ९१० मा एमालेका मोहम्मद जैद आलम, क्षेत्र नं २ ९२० बाट निर्वाचित कनिश पटेल, क्षेत्र नं ३ ९१० मा स्वतन्त्र उम्मेदवार केशव राय र क्षेत्र नं ४ ९१० मा निर्वाचित माओवादीका युवराज भट्टराई पनि नयाँ हुन्।

यसैगरी सर्लाही(४ ९२० मा माओवादीका फकिरा महतो र धनुषा(२ ९१० मा एमालेका लखन दास तत्मा निर्वाचित हुँदै पहिलो पटक सांसद बन्नुभएको छ । सप्तरीका छ स्थानको नतिजा आउँदा प्रदेशसभा पुग्ने पाँच नयाँ छन्। यसमध्ये चार जनमत पार्टीका हुन्।

क्षेत्र नं ३ ९२० मा शम्भुकुमार साह, क्षेत्र नं २ ९१० मा सतिशकुमार सिंह, क्षेत्र नं २ ९२० मा महेशप्रसाद यादव र क्षेत्र नं १ ९२० मा सकिल मियाँ निर्वाचित भएका छन्। क्षेत्र नं १ ९१० मा जितेका एमालेका राजकुमार लेखी पनि नयाँ नै हुन्। लेखीसँग यसअघि प्रदेश सरकारको नीति तथा योजना आयोगमा सदस्य भएर काम गरेको अनुभव छ।

मन्त्री पराजित

विसं २०७४ मा निर्वाचित भई प्रदेशका महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका केही मन्त्रीले भने यसपटकको निर्वाचनमा पराजय व्यहोर्नु परेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हुँदै हाल अर्थमन्त्री रहेका शैलेन्द्र साह सप्तरी क्षेत्र नं २ ९१० मा पराजित भए।

यस्तै पाँच वर्षसम्म भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रहेका योगेन्द्र राय यादव पनि पराजित भए। उनी रौतहट(१ ९२० मा उम्मेदवार थिए। प्रदेश मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर निर्वाचनमा होमिएका दीपेन्द्र झा पनि पराजय व्यहोर्नु परेको छ। रासस

प्रकाशित मिति : मंसिर ११, २०७९ आईतबार  १ : २५ बजे