कतार विश्वकप :नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा



२४ मंसिर २०७९ । काठमाडौं। गोलकिपर इमिलियानो मार्टिनेजले दुई पेनाल्टी बचाएपछि दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४(३ ले हराउँदै कतार विश्वकप २०२२ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

शुक्रबार राति निर्धारित समय र अतिरिक्त समयमा २(२ को बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो। जहाँ गोलरक्षक मार्टिनेज चम्किँदा अर्जेन्टिनाले फाइनल प्रवेशका लागि क्रोएसियासँगको भेट पक्का गर्‍यो। राति नै भएको खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम चारमा प्रवेश गरेको थियो।

नेदरल्यान्ड्सको तर्फबाट टिउन कुपमाइनर्स, वाउट वेगहस्र्ट र लुक डी योङले पेनाल्टीमा गोल गरेका थिए। अर्जेन्टिनाको तर्फबाट कप्तान लियोनेल मेसीसहित लियान्द्रो परेडेस र गोन्जालो मोन्टियल र लाउटारो मार्टिनेजको प्रहार गोलमा परिणत भएको थियो।

प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार  ११ : १२ बजे