कतार विश्वकपको फाइनल खेल आज , फ्रान्सले जित्ने सम्भावना प्रबल



कतार विश्वकप २०२२ को फाइनल खेल आज हुदैछ । खेल नेपाली समय अनुसार बेलुका ८।४५ बजेबाट सुरु हुनेछ ।फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् । अर्जेन्टिना र फ्रान्स पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका हुन्।

अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीको यो अन्तिम विश्वकप हो । ३५ वर्षीय मेस्सीले संन्यासको घोषणा गरिसकेका छन् ।

विश्वकप इतिहासमा अहिलेसम्म फ्रान्स र अर्जेन्टिनाले २(२ पटक उपाधि जितेका छन् । फ्रान्सेली टोली सन् १९९८ र २०१८ मा च्याम्पियन बनेको थियो । जबकि अर्जेन्टिनाले १९७८ र १९८६ को उपाधि जितेको थियो । यसबाहेक अर्जेन्टिना तीन पटक १९३०, १९९०, २०१४ उपविजेता बनेको छ । फ्रान्स सन् २००६ मा उपविजेता बनेको थियो । यो अर्जेन्टिनाको लागि छैटौं र फ्रान्सको चौथो फाइनल हुनेछ। दुई मध्ये एक टोलीले जिते पनि यो उनीहरूको तेस्रो विश्वकप उपाधि हुनेछ ।

फ्रान्स विश्वकपको साविक विजेता टोली पनि हो । त्यस्तै विश्व कपमा ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्व कपको उपाधि जित्ने सुरमा छ । आजको खेल नेपाली समय अनुसार राति पौने ९ बजे लुसेल मैदानमा सुरु हुनेछ ।

प्रकाशित मिति : पुस ३, २०७९ आईतबार  ९ : ४२ बजे