काठ्माण्डौ-
नेपाली कांग्रेसले सरकारका प्रधानमन्त्री केपी ओलीको हल्का ढङ्गको प्रस्तुती हेर्दा उनि मुलुकको प्रधानमन्त्री हुन लायक ब्यक्ती नभएको बताएको छ । सोमबार पार्टी कार्यालय सानेपामा सरकारको एक बर्षे कार्यकालको समीक्षाका लागी आयोजना गरिएको पत्रकार सम्मेलनमा कांग्रेसका नेताहरुले एस्तो बताएका हुन । पत्रकार सम्मेलनमा प्रबक्ता बिश्व प्रकाश शर्माले केपी ओलिको समाचार आयो भने टेलिभिजन बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन लागेको बताए ।
पत्रकार सम्मेलनमा पार्टिका उपसभापती बिमलेन्द्र निधि,सहमहामन्त्री प्रकाशरण महत र प्रबक्ता बिश्वप्रकाश शर्माको उपस्थिती थियो,सरकारको एक बर्षको कार्यकालको बारेमा उपसभापती निधी र प्रबक्ता शर्माले पार्टिको तर्फबाट धारणा राखेका थिय ।
पत्रकार सम्मेलन भिडियोमा हेर्नुहोस्–
https://www.youtube.com/watch?v=Wm1K9EOwJy8&feature=youtu.be