कालिगण्डकीबाट अयोध्या पुर्याइएको देवशिला गरियो हस्तान्तरण



नेपालको कालिगण्डकीमा पाइने सालिगग्राम देवशिला भारत उत्तरप्रदेश अयोध्याको राम जन्मभुमी धाममा हस्तान्तरण गरिएको छ ।भारत उत्तरप्रदेशको अयोध्यामा निर्मांणाधिन राम मन्दिरमा मुर्ती बनाउनको लागि उक्त शिला अयोध्या पुर्याइएको हो ।

कालीगण्डकी नदिबाट उत्खनन् गरि निकालिएको उक्त शिलाबाट भगवान् बिस्णुको अबतार रामको बाल्यकाल देखिको मुर्ती निर्माण गरिने अभियन्ता सन्दिप रानाले बताए ।

शिलायात्राका क्रममा भारतको गोरखपुर देखि अयोध्या सम्मका विभिन्न ठाउमा हजारौ दर्शालु भक्तजनहरुले दर्शन एवम सम्मान ब्यक्त गरेका थिए ।
नेपाली प्रतिनिधि मण्डलको प्रतिनिधि का रुपमा नेपाली काङ्रेस नेता बिमलेन्द्र निधि र जानकी मन्दिरका मुख्य महन्त राम तपेस्वर दासद्वारा अयोध्या स्थित राम जन्म भुमी तिर्थ क्षेत्र ट्रस्टका प्रमुख चम्पत रायलाई सो देव शिला हस्तान्तरण गरे ।

यस देवशिलाको आदान प्रदान पछि नेपाल र भारतको धार्मिक, सास्कृतिक एवम भाईचाराको सम्वन्धलाई थप प्रगाढ हुने धार्मिक जानकारहरु बताउछन ।
देवशिला एउटा छब्बिस टन र अर्को चौध टन गरि चालीस टनको शिला अयोध्या पुर्याइएको हो ।

त्रेता युगमा माता जानकी र भगवान् रामको बिबहाले नेपाल भारतको सम्बन्ध प्रगाढ बन्दै गएको र यस देवशिलाबाट मुर्ती मार्फत झनै सम्बन्धलाई नविकरण हुने बिस्वास गरिएको छ ।

प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार  ३ : ३९ बजे