बुटवल ।
शुक्रवार बुटवलमा भएको एक बिशाल कार्यक्रममा रुद्रप्रसाद घिमिरे नाम गरेका एक युबाले सयौं सुरक्षाकर्मी र नेपाल कम्युनिष्ट पार्टीका हजारौं कार्यकर्ताको भीडबीचमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएर चर्चामा आएका थिय ।
प्रधानमन्त्री ओलि सारीक हुने भब्य , ताम्झाम पुर्ण र खर्चिलो कार्यक्रमका बिचमा उनले कालो झाण्डा देखाएका थिय ।प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने ती युवा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–५ मोडेलचौर स्थित सामन्य परिवारका ३१ वर्षीय युवा रुद्रप्रसाद घिमिरे भएको खुलेको छ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलका अनुसार उनि काङ्ग्रेस निकट भएको खुलेको छ ।उनी प्रधानमन्त्री ओलि र सरकारको कडा आलोचक थिय ।
देशको अवस्था नै कालो बनाउने प्रधानमन्त्रीलाई कालो झण्डा देखाएर उनले खसै ठुलो गल्ती गरे जस्तो आफुलाई नलागेको अध्यक्ष पोख्रेलले बताएका छन । प्रधानमन्त्री ओली लाई कालो झाण्डा देखाएका हाल घिमिरेलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको प्रहरिले जनाएको छ ।










