स्वास्थ्य राज्यमन्त्रीको अस्पतालमा झुन्डिएको अवस्थामा नर्सको शव फेला



धनुषा वैशाख, ८–
धनुषाको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्स झुन्डिएको अवस्थामा मृत भेटिएकी छिन् । महोत्तरीको गौशाला नगरपालिका स्थित रामनगरकी २४ वर्षीय रक्षा आलेको शव आइतबार हस्पिटल परिसरभित्रको शौचालयमा झुन्डिएको अवस्थामा भेटिएको हो ।

लगभग राति १ बजे शौचालय भित्रैबाट ढोका बन्द गरी पासो लगाएको प्रहरीले अनुमान गरेको छ । उक्त हस्पिटल स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको हो ।
प्रहरीका अनुसार मुचुल्का उठाइ शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

प्रकाशित मिति : बैशाख ८, २०७६ आईतबार  ५ : ३५ बजे