सिराहाको लाहानमा तारे होटल सञ्चालनमा



९ बैशाख ,लाहान –

सिरहाको लाहानमा सञ्चालित होटेल दरवारलाई तारे होटेलको रुपमा सञ्चालन गर्न थालिएको छ । होटेल दरवारलाई दुई तारे होटेल को रुपमा स्तरउन्नती  गरिएको सोमबार लाहानमा होटेल ब्यबस्थापनले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

सिरहा र सप्तरीको पर्यटकीयको रुपमा चिनिएको होटेल दरवार तिन वर्षको अन्तरालमा नेपाल लगायत देश विदेशका अतिथिहरुको मन जित्न सफल भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

अगामी दिनमा ५ वटा डिलक्स रुम,२ वटा सुपर डिलक्स रुम, २ वटा नन एसी रुम गरी जम्मा २१ वटा रुम बनाईने,े सय जनाको प्रोग्राम हल, १ हजार जना बस्ने हल बनाउने र ५ तल्ले भवन बनाउने योजना रहेको होटेल प्रबन्धक याम विश्कर्माले बताए । होटेलमा ४० जना भन्दा बढी कामदारहरु रोजगारी पाएको छ भने बार्षिक अढाई कडोर भन्दा माथिको आर्थिक कारोबार हुने गरेको प्रबन्धकले जनाए । खानामा तन्दुरी, म्यासीपल, स्थाई परिकार चाईनिज नेपालि ईन्डियन र मिथिला परिकारहरु उपलब्ध गराउने प्रबन्धक विश्वकर्माले बताए ।

प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार  १ : ५५ बजे