एसीसी प्रिमियर कपः नेपालले थाल्यो ओमानविरुद्ध ब्याटिङ



काठमाडौं, ८ बैशाख । काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा नेपालले टस हारेको छ ।

ओमानविरुद्धको जारी खेलमा नेपालले टस हारेर ब्याटिङ रोजेको हो ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।

दुवै टोली प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा मलेसियालाई हराएको थियो भने ओमानले कतारलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : बैशाख ८, २०८० शुक्रबार  ९ : ५२ बजे