२७ बैसाख, काठमाडौं। नेपाली काँग्रेसका बरिष्ठ नेता डा कोईरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका जोकोही कारबाहीको दायरामा आउनुपर्ने बताएका छन् ।
बिराटनगर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नक्कली भूटानी शरणार्थी बनाएर अर्बौैं रुपैयाँ घोटाला काण्डका दोषीलाई छानबिन गरी कडा कारबाही गर्नुपर्ने बताएका हुन् ।
पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘जोजो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन, उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन, तीन जना नेताले छलफल गरे, दुई जना नेताले बसेर छलफल गरेको विषयमा आएका समाचार हामीले पनि पढेका छौं ।










