स्वास्थ्य शिविरबाट ८८ जना खुसि



काठमाडौं, ३ असार । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको दाप्चामा आयोजना गरिएको बाथरोगसम्बन्धी स्वास्थ्य शिविरबाट ८८ जनाले सेवा लिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखा तथा सहयोगी महिला जागरण मञ्चको सहकार्यमा नेशनल बाथरोग सेन्टरको प्राविधिक सहयोगमा दाप्चा माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य परीक्षण सेवा दिलाइएको थियो ।

शिविरमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधिसमेत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखाका सभापति नवीन अधिकारीले बताए। उनका अनुसार परीक्षणपछि समस्या देखिएकालाई थप स्वास्थ्य परीक्षणसमेत निःशुल्क गरिएको थियो ।

नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले नागरिकलाई घरदैलोमै स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउन नगरपालिका निरन्तर लागिरहेको बताए। गाउँघरमै बसेर स्वास्थ्य सेवा लिन पाउने व्यवस्था गर्न आयोजना गरेको शिविरबाट बाथरोगका बिरामी ८८ जनाले सेवा पाउनु खुसीको विषय भएको कार्यक्रम संयोजक बिलबहादुर श्रेष्ठले बताए।

प्रकाशित मिति : असार ३, २०८० आईतबार  ११ : २९ बजे