काठमाडौँ, ३ असार । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेलमा नेपाल जिम्बावेसंग ८ विकेटले पराजित भएको छ ।
नेपालले दिएको २९१ रनको लक्ष्य उसले ४४ दशमलब १ ओभरमा २ विकेटको क्षतीमा पुरा गर्यो ।
जिम्बावेको जितमा कप्तान समेत रहेका ओपनर क्रेग ईव्रान र सेन विलियम्सले अविजित सतकीय पारी खेले । ईव्रान १ सय २१ र विलियम्सले १ सय २ रन अविसिवत रहे ।
तेस्रो विकेटका लागि क्रगले सेन विलियम्ससँग मिलेर १ सय २५ बलमा १ सय ६४ रनको विजयी साझेदारी गरे ।
नेपालमा सोमपाल कामी र गुल्शन झाले एक एक विकेट लिए ।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । जसमा ओपनर कुशल भुर्तेलले ९९ र आसिफ शेखले ६६ रनको योगदान दिए ।
पहिलो विकेटका लागि कुशल र आसिफले ३१ दशमलब ५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए । यो नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।
यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध भएको थियो । नामिबियाविरुद्धको खेलमा दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए ।














