अत्याधुनिक सुविधासहित बाजुराको खप्तड छेडेदहमा पुग्यो हिमालयन बैंकको शाखा



काठमाडौं वैशाख, १७–
हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाजुरा जिल्लाको विकट खप्तड छेडेदह गाउँपालिका अन्तर्गत डोगाडी—५, छेडेदहमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छेडेदह गाउँपालिकाका अध्यक्ष नर बहादुर रावतद्वारा भएको हो । बैंकले उक्त शाखाबाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने जानकारी दिएको छ ।

प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार  ७ : १३ बजे