नक्कली शरणार्थी प्रकरणमा थप एकजना पक्राउ



काठमाडौं,११ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा अदालतमा मुद्दा दायर भएपछि फरार रहेका थप एक अभियुक्त पक्राउ परेका छन् ।

सोमबार प्रहरीले शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा अदालतमा मुद्दा दायर भएका आशीष बुढाथोकीलाई काठमाडौंको मण्डिखाटारबाट पक्राउ गरेको हो ।

यस प्रकरणमा प्रहरीले एमाले नेता तथा प्रतिनिधि सभाका निलम्बित सांसद टोपबहादुर रायमाझी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणसहित ३० जनालाई अभियुक्त बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : असार ११, २०८० सोमबार  ६ : ४७ बजे