फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटमा नेपालले लावससँग खेल्ने



काठमाडौ , ११ साउन ।फिफा विश्वकप २०२६ को प्रारम्भिक चरणको छनोटमा नेपालले पहिलो खेल लाओसविरुद्ध खेल्ने भएको छ ।

होम एण्ड अवेमा हुने खेलमा नेपालले पहिलो लेगको खेल अक्टोबर १२ मा नेपालमा र दोस्रो लेग अक्टोबर १७ मा लाओसमा हुनेछ ।यदि नेपाल दोस्रो चरणको लागि छनोट भयो भने, उसले प्रत्येक चार टोलीको नौ समूह मध्ये एकमा स्थान बनाउने छ र नोभेम्बर २०२३ देखि जुन २०२४का बीचमा होम एन्ड अवे ढाँचामा प्रत्येक टोलीसँग खेल्नेछ।प्रधानमन्त्री थ्री नेसन्स कप २०२३ मा नेपालले लाओसलाई २(१ ले हराएर उपाधि जितेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा पनि नेपालले लाओसलाई २(० ले हराएको थियो ।नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले यसअघि नै छनोटका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : श्रावण ११, २०८० बिहीबार  १ : ४२ बजे