श्रीलंकामा जारी एसिया कप क्रिकेट अन्र्तगत भारत र नेपालबीचको अवरुद्ध खेल सुचारु भएको छ ।
श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले ३७ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो ।
अहिले पानी रोकिएको खेल सुचारु भएको छ ।
नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा रहेका छन् ।
यसअघि नेपालका गुल्शन झा २३,आसिफ शेख ५८, कुशल मल्ल २ ,कप्तान रोहित पौडेल ५,भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए ।
भारतका रविन्द्र जडेजाले ३, मोहम्म्द सिराजले २ , सार्दुल ठाकुरले १ विकेट लिए ।














