भ्रष्टाचारको बिरुद्द बोल्ने पत्रकारको मुख थुन्न मिडिया काउन्सिल बिधेयक :कांग्रेस वरिष्ठ नेता पौडेल



कैलाली,जेठ ६-

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले भ्रष्टाचार र अनिमियतताको बिरुद्द लेख्न र बोल्न रोक्नकै लागी सरकारले मिडिया काउन्सिल बिधेयक ल्याउन खोजेको बताएका छन ।

कैलालीको टिकापुरमा आज आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले देशमा यती ठुला ठुला भ्रष्टाचार काण्डहरु  भइ रहेको र सरकारले भ्रष्टाचारको बिरुद्दमा लेख्ने र बोल्ने पत्रकारहरुको मुख थुन्न खोजेको बताएका हुन ।

देशका ठुला ठुला नेताहरुको समेत सम्लग्नतामा ठुला ठुला भ्रष्टाचार काण्डहरु  भइ रहेको र यस्तो प्रबृत्तिलाई रोक्न नसके देश  जर्जर हुनेमा नेता पौडेलले जोड दिए ।

नेता पौडेलले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग,लगायत सवै संवैधानिक निकायलाई दुईतिहाईको धम्की दिएर तर्साउन खोजेको तर सरकार यही बाटोमा अघी बढे सरकार र सरकार सञ्चालन गरिरहेको नेकपा आफै पतन भएर जाने दाबी गरे ।नेता पौडेलले कम्युनिष्ट सरकारले आफ्ना कार्यकर्ताको नयाँ वर्ग जन्माउन लागेको र सरकार हरेक कुरामा पक्षपाती हुँदै गएकोमा जोड दिदै विकासका काममा भ्र्रष्टाचार दिन दिनै बढेको बताए । रातो झण्डा ओढेपछि जे गरे पनि हुने अवस्था मुलुकले बेहोर्नुपर्ने समय आएको नेता पौडेलले बताए ।

सरकार एकाधिकारबादी बाटोमा गइसकेको देखिएकोले अब आन्दोलनको बिकल्प नभएकोमा जोड दिदै नेता पौडेलले  भ्रष्टाचार अनिमियतता र सरकारको निरङ्कुश शैली बिरुद्द देश्ब्यापी रुपमा उत्रीन सबैलाई अह्वान गरे

फरक प्रसङ्गमा बोल्दै नेता पौडेलले आगामी महाधिबेशनबाट कांग्रेस एक ढिक्का हुने र पार्टिले गती लिने समेत बिश्वाश ब्यक्त गरे ।

कांग्रेस वरिष्ठ नेता पौडेल हाल सुदुरपश्चिमका जिल्लाहरुको भ्रमणमा रहेका छन ।

प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार  १२ : ३७ बजे