तरुण दलका केन्द्रीय सदस्यहरुले गरे तीन महिनापछि शपथ ग्रहण



काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूले आफू नियुक्त भएको तीन महिनापछि शपथ लिएका छन्। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहकाबीच अध्यक्ष विद्धान गुरुङले केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।

गुरुङले भने शनिबार नै देउवा निवास धुम्बाराहीमा पार्टी सभापति शेरबहादुर देउवाबाट शपथ लिएका थिए। २०७८ चैत ९ गते तरुण दलको अध्यक्षमा गुरुङलाई देउवाले नियुक्त गरेका थिए भने गत असार १३ गते ४ सय जना केन्द्रीय सदस्य मनोनीत गरिएको थियो।

अध्यक्ष गुरुङले आफू नियुक्त भएको २० महिनापछि शपथ लिएका हुन्।

प्रकाशित मिति : आश्विन २१, २०८० आईतबार  ८ : ५२ बजे