इजरायलमा रहेका नेपालीलाई दुतावासको सम्पर्कमा आउन परराष्ट्रको आग्रह



काठमाडौं । इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टिभएको छ ।हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको, तेल अभिभस्थित इजरायलकालागि नेपाली राजदूतकान्ता रिजालले पुष्टि गरेकी हुन् ।

मृत्यु हुनेमा कैलाली घोडाघोडी ४ का नारायण प्रसाद न्यौपाने, बझाङ जय पृथ्वी ६ का गणेश कुमार नेपाली, कैलाीबाउनिया ३ का आशिष चौधरी, दार्चुला लेकम ५ का दिपेश राजविष्ट, धनुषा सपही ६ का आनन्द शाह, सुनसरी मधुवनका राजेश कुमार सर्वांकर, डोटी पचनली ३ का राजनफुलरा, लमिखेल ८ का पदमथापा, सल्यानशारदा ३ का प्रवेश भण्डारी र दार्चुलाकालोकेन्द्र सिंह धामी रहेको दूतावासले जनाएको छ ।

यसबारे परराष्ट्र मन्त्रालयले केहीबेरमा जानकारी दिने जनाएको छ ।यसैबीच परराष्ट्र मन्त्रालयले, इजरायलमा रहेका नेपालीलाई दुतावासको सम्पर्कमा आउन आग्रह गरेको छ । सूचना िनकालेर परराष्ट्रले सोझै इजरायलीस्थित नेपाली राजदुत कान्ता रिजाल र प्रथम सचिवअर्जुन घिमिरेलाई सम्पर्क गर्न भनेको छ ।

प्रकाशित मिति : आश्विन २१, २०८० आईतबार  ९ : १४ बजे