संघीय गणतन्त्र संस्थागत होस् भन्ने सबैको चाहाना छ : अध्यक्ष यादव



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले, विदेशमा रहेका नेपालीले समेत नेपालमा संघीय गणतन्त्र संस्थागत भएको देख्न चाहेको बताएका छन् । अमेरिका भ्रमणबाट फर्किएपछि, आज त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग उनले त्यहाँ रहेका नेपालीले देश समृद्धिको बाटोमा जाओस् र संघीय गणतन्त्र संस्थागत होस् भन्ने चाहेको बताए ।

उनले भने ‘सबैको चिन्ता चहाना भनेको समृद्धिको बाटोबाट मुलुक अगाडि बढोस भन्ने छ । र उहाँहरुले पनि नेपालमा शान्ति, स्थिरता र संघीय गणतन्त्र संस्थागत भएर विकासको गति अगाडि बढाउँन सक्दो योगदान गर्ने इच्छा रहेको पाइयो । ’

यादव अमेरिकाको डालसमा एशोसिएशन अफ तराई इन अमेरिकाको सातौं सम्मेलनमा भाग लिनका अमेरिका पुगेका थिए । उनले अमेरिका बसाईका क्रममा डालसको कार्यक्रमपछि न्यूयोर्क, अस्टिन र वासिङ्टनडिसीमा पार्टीका तर्फबाट आयोजित कार्यक्रममा सहभागि भएको बताए ।

ती कार्यक्रममा अमेरिकाबाट नेपालीहरुले देशमा स्थायीत्व र शान्तिका लागि भूमिका खेल्न आग्रह गरेको उनको भनाई छ ।

प्रकाशित मिति : आश्विन २३, २०८० मंगलबार  ७ : ५१ बजे