सगरमाथाको माथिल्लो भागमा घुइँचो, रगत जम्ने चिसोमा घण्टौं पालो पर्खिनुपर्ने बाध्यता



काठमाडौं जेठ, १०–
विश्वको सबैभन्दा अग्लो शिखर चुम्ने सपना लिएर सगरमाथा आरोहण गर्नेले अहिले शिखरको माथिल्लो भागमा घुइचोँको सामना गरिरहेका छन् ।
यसले गर्दा शिखरको माथिल्लो भागमा रगत जमाउने खालको चिसोमा घण्टौं पालो पर्खिनुपर्ने भएको छ ।

रिपोर्ट अनुसार यस घुइँचोले कम्तीमा तीनको ज्यान गइसकेको छ । विभिन्न स्रोतका अनुसार शिखरबाट फर्किने क्रमममा एक अमेरिकी र दुई भारतीयको ज्यान गएको छ ।

अमेरिकाको उताह राज्यका ५४ वर्षे डोनाल्ड लिन क्यास फोटो खिच्ने क्रममा शिखरको माथिल्लो भागमा ढले र लगतै मरे । क्यासको मृत शरिरलाई शिखरमाथिबाट शेर्पाले बोकेर तल झारेका थिए ।

बुधबार क्यासकी छोरी ड्यानियाल कुकले फेसबुकमा एक पोष्ट गर्दै आफ्नो पिता ‘सात वटा शिखर चढ्ने सपना’ पुरा गरेर वितेको लेखेकी छिन् ।

त्यस्तै एक अलग घटनामा दुई भारतीयको पनि मृत्यु भएको छ । मृतक आरोहीको नाम अन्जली कुलकर्नी र कल्पना दास बताइएको छ । तीनै जनाको मृत्युमा ८००० मिटरभन्दाको पखाई कुनै न कुनै हिसाबले जिम्मेबार रहेको देखिएको छ ।

पछिल्लो समयको राम्रो मौसमका कारण यो वर्ष सगरमाथा चढ्न अनुमति पाएका धेरैभन्दा धेरैले यही बेला शिखर चढ्न थालेपछि घुइचो बढेको हो ।

विशेष गरेर मे र जुन महिनामा सगरमाथाको आरोहणका लागि उपयुक्त मानिन्छ । यो वर्ष १४ जनाको मृत्यु भइसकेको छ ।

“यसले गम्भीर अवस्था निम्त्याएको छ । किनकि माथि जाने बाटो पहिले नै खतरनाक थियो । हुन त सगरमाथाको आरोहण सधैं नै जोखिमपूर्ण नै हुन्छ त्यसमाथि घुइचो बढ्दा यात्रा झनै कठिन बनेको छ ,” पायोनियर एडभेन्चरका म्यानेजर निभेष कार्कीलाई न्यु योर्क टाइम्ससँग भने ।

भारतीय नागरिक अन्जली आरोहणको संयोजन गर्ने पर्वतारोहण एजेन्सीकी महाप्रबन्धक थुप्डेन शेर्पाका अनुसार अन्जलीको मृत्यु ‘डेथ जोन’ क्षेत्रमै भएको थियो । शेर्पाका अनुसार कुलकर्नी र उनको श्रीमानले शिखर पुग्न लामो समय पर्खनु परेको थियो । यस पर्खाईले उत्पन्न चरम थकानले अन्जलीको मृत्यु भयो । त्यसरी नै शिखर चुमेर फर्केकी कल्पनाको मृत्यु भएको थियो ।

क्यासकी छोरीले एनबीसी टेलिभिजन च्यानलसँगको कुराकानीमा मृत्युको औपचारिक कारण निर्धारण नभएको पनि आफ्नो पिताको मृत्यु हृदयघातका कारण भएको हुन सक्ने बताइन् ।

शिखरतर्फ लाग्दा क्यासले आफ्नो छोरा ट्यानरलाई म्यासेस लेखेका थिए । त्यसमा क्यासले ‘पछिल्ला ४० वर्षदेखि पढ्दै हुर्किएको शिखर चढ्न पाउदाँ निक्कै गौरवाम्भित भएको’ लेखिएका थियो ।

क्यासका लिकेंडइन पेजमा आफ्नो परिचय खण्डमा ‘विक्रि प्रबन्धकको जागिर छाडेर सातै महादेशको सर्वोच्च शिखर चढ्ने लक्ष लिएको’ लेखेका छन् । सेभेन समिट क्लब भनिने यस्ता व्यक्तिको संख्या विश्वमै एकदमै थोरै छ ।

अघिल्ला हप्तामात्रै सगरमाथा चढ्ने क्रममा एक आइरिस प्रद्यापकको पनि खसेर मृत्यु भएको थियो ।

कहिले कहिले भयो पर्वतारोहीहरुको मृत्यु

२३ मे स् भारतीय पर्वतारोही अञ्जली कुलकर्णी र कल्पना दासले सगरमाथाको सफलतापूर्वक आरोहण गरे । फर्कने क्रममा अञ्जली चिप्लेर लडिन् । त्यसपछि क्याम्पमा उनको स्वास्थ्य बिग्रियो । र, उनको निधन भयो ।

२२ मे स् सगरमाथा आरोहणका क्रममा अमेरिकाका ५५ वर्षीय डन क्यासको मृत्यु भयो । उनी ७ महाद्वीपको सर्वोच्च शिखर आरोहण गर्ने अभियानमा थिए । यसमा सगरमाथा अन्तिम आरोहण थियो ।

१७ मेः सगरमाथा आरोहणको क्रममा भारतीय पर्वतारोही रवि ठाकरको निधन भयो । सगरमाथाको बेस क्याम्प नजिक उनी मृत्त पाइएका थिए । एजेन्सी

प्रकाशित मिति : जेष्ठ १०, २०७६ शुक्रबार  ८ : १२ बजे