मलेसियाले पाँचौँ विकेट गुमायो



काठमांडौ । आइसीसी टी २० विश्वकप छनोटमा नेपाले मलेसियाविरुद्ध पाँचौं सफलता हासिल गरेको छ ।

नेपालविरुद्ध आक्रामक सुरुआत गरेको मलेसियाले पछिल्लो समय भने ४ विकेट गुमाउन पुग्यो । पहिलो सफलताअ अभिनाश बोहोराले दिलाएका थिए भने दोस्रो सफलता रनआउटमार्फत नेपालले लिएको थियो । तेस्रो सफलता सन्दीप लामिछानेले दिलाएका थिए ।

नेपाली बलरमाथि मलेसियन खेलाडी हावी भएपछि कप्तान रोहित पौडेल आफै स्पिन बलिङ गर्न आइपुगेका थिए । पहिलो बलमै छक्का मार्फत स्वागत गरिएका रोहितले दोस्रो र तेस्रो बलमा लगातार चौघा दिएका थिए । त्यसपछि १ रन दिए भने पाँचौं बल डट राखेका थिए ।

अन्तिम बल फेस गरेका मलेसियाका सार्भिन मुनिन्डेले उनै रोहितलाई क्याच दिए । मुनिन्डे १३ रन बनाएर आउट हुँदा मलेसियाले १४ ओभरमा ४ विकेट गुमाएर ११९ रन बनाएको थियो । १५ औं ओभर लिएर गुलसन झा आएका थिए । उनले मलेसियाकालागि सर्वाधिक रन बनाएर सैयद अजिजलाई आउट गराए । ६८ रन बनाएका उनलाई गुलसनले कुशल भुर्तेलको हातबाट क्याच आउट गर्दै पभेलियन पठाए । १५ ओभरमा मलेसिया १२५ रन बनाउँदा ५ विकेट गुमाएको छ ।

प्रकाशित मिति : कार्तिक १४, २०८० मंगलबार  २ : ३४ बजे