ओमानविरुद्ध नपालले लियो चार विकेट, ओमान दबाबमा



काठमाडौं । टी–२० विश्वकप एसिया छनोट जारी खेलमा नेपालले ओमानविरुद्ध चार विकेट लिएको छ । टीयूमा जारी खेलमा नेपालका सोमपाल कामीले २ विकेट लिएका छन् ।समुहचरणको बिजेताका लागि आज नेपाल र ओमानल प्रतिस्पर्धा गगरिरहेका छन् ।

नेपालका लागि पहिलो विकेट करण केसीको बलमा आसिफ शेखले दिलाए । पहिलो ओभरको ५ बल बलिङ गरेका केसीले ८ रन खर्चिएर ओमानका ओपनिङ व्याट्समान कश्यप प्रजापतिलाई आउट गराए । उनी आउट हुँदा ५ बलको सामना मात्रै गरेका ओमानका प्रजापतिले दुई चौका प्रहार गरेका उनले ८ रन मात्रै बनाएका थिए।

यस्तै नेपालका लागि दोस्रो विकेट सोमपाल कामीले लिए । दुई ओभरको समाप्तिपछि तेस्रो ओभरको सुरुमा बलिङ गरेका कामीले पहिलो बलमै अकिब इलियासलाई बोल्ड आउट गरे । ६ बलको सामना गरेका अकिबले २ रनमात्रै बनाएका थिए । जतिबेला ओमानको रन २१ मात्रै थियो ।

नेपालका लागि तेस्रो विकेट गुल्सन झाको बलमा रोहित पौडेलले प्रतिक आठवलेलाई क्याच आउट गराए । १८ बल खेलका उनले २४ रन बनाएका थिए । नेपालका लागि चौथो विकेट सोमपाल कामीले दिलाए । उनले पाओर प्लेमै ओमानलाई दबाबमा राख्न जारी खेलमै दुई विकेट लिएका छन् ।

जारी खेलको पाँच ओभर समाप्ति हुँदा ओमानले ४३ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : कार्तिक १६, २०८० बिहीबार  ९ : ५२ बजे