नेपालले पहिलो विकेट गुमायो, आशिफ ६ रनमा आउट



आइसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालले ओमानविरुद्ध पहिलो विकेट गुमाएको छ ।

छ बलमा ६ रन जोडेका ओपनर आशिफ शेखलाई नेपालले पहिलो विकेटका रुपमा खेलको तेस्रो ओभरको चौथो बलमा गुमाएका थियो । आशिफले एक छक्का हानेका थिए ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

ओमान र नेपालले सेमिफाइनलमा जित निकाल्दै टी–२० विश्वकपमा छनोट भइसकेका छन् ।

प्रकाशित मिति : कार्तिक १९, २०८० आईतबार  ११ : ३३ बजे