गुल्सनले उकासे नेपाललाइ,सय रन पुरा सय रन पुरा



आइसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध सय रन पुरा गरेको छ ।

नेपालले १४।२ ओभरमा ४ विकेट गुमाउँदै सय रन पुरा गरेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले नटआउट २१ तथा गुल्शनले नटआउट २८ रन बनाएका छन् ।

त्यस्तै ओपनर कुशल भुर्तेलले ३१, आशिफ शेखले ६ , पिन्दप जोराले १० तथा कुशल मल्ल तीन रन बनाउँदै आउट भएका थिए ।

ओमानका लागि अकिव इलियासले दुई तथा बिलाल खान र कप्तान जिशन मक्सुदले एक एक विकेट लिएका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

ओमान र नेपालले सेमिफाइनलमा जित निकाल्दै टी–२० विश्वकपमा छनोट भइसकेका छन् ।

प्रकाशित मिति : कार्तिक १९, २०८० आईतबार  १२ : १० बजे