आरती साह प्रकरण: एसपी खड्कालाई जिम्मेवारीबाट हटाएर, गृहले पीडित पक्षलाई वार्तामा बोलायो



काठमाडौं । गृह मन्त्रालयले छोरीको न्याय माग्दै १५६ दिनदेखि आन्दोलनरत आरती साहका आफन्तलाई वार्तामा बोलाएको छ । गृहले प्रहरी प्रधान कार्यालय धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाएर साहका आफन्तलाई वार्तामा बोलाएको हो ।

आरतीका बुबा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले सोमबार पीडित पक्षलाई पत्राचार गरेको छ ।गत जेठ ७ गते धनुषामा आरती आफ्नै घरमा मृत भेटिएकी थिइन् । दाइजोको नाउँमा आफ्नो छोरीको हत्या गरिएको र घटनाको अनुसन्धान कमजोर पाएिको भन्दै मृतक साहका माइतीपक्षले न्याय माग्दै लामो समयदेखि निरन्तर आन्दोलन गर्दै आएका थिए ।

उनीहरूले धनुषा प्रहरी प्रमुख विश्वराज खड्काले घटनाको कमजोर अनुसन्धान गरेको र आफूहरुमाथि कुटपिट र दुव्र्यवहार गरेको भन्दै खड्कालाई जिम्मेवारीबाट नहटाएसम्म सरकारसँग वार्ता नगर्ने शर्त
राखेका थिए ।

िहजो खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको उपप्रधान एवं गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए ।

प्रकाशित मिति : कार्तिक २१, २०८० मंगलबार  २ : ४५ बजे