नेपाल संवत् ११४४ सुरु, आजै म्हः(आत्म) पूजा मनाइँदै



काठमाडौं । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराउनुभएको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई नेवार समुदायले नयाँ वर्षको रुपमा मनाउनले गरेका छन् ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।

२०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका हुन् ।

यसैबीच आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ ।

आजैको दिन नेवार समुदायमा म्हः ९आत्म० पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म ९म्हः० पूजा पर्व मनाउने गर्छन् ।

यस वर्ष सोमबार र मंगलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवतको नयाँ वर्ष मनाइएको छ । भक्तपुरमा आत्मपूजा पनि हिजो नै गरिएको जनाइएको छ । भक्तपुर नगरपालिकाको निर्णय अनुसार यसो गरिएको हो ।

देशभरका धेरै नेवार समुदायले भने आज नेपाल संवतको नयाँ वर्ष र म्हः ९आत्म० पूजा गर्दै छन् । नेपाल पञ्चांग निर्णायक विकास समितिले पनि नेपाल संवतको नयाँ वर्ष र आत्म ९म्हः० पूजा आज गर्नुपर्ने जनाएको छ । शास्त्रसम्मत् रुपमा आजै दुवै पर्व मनाउनुपर्ने समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा। डा। रामचन्द्र गौतम बताउँछन् । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : कार्तिक २८, २०८० मंगलबार  ८ : ५९ बजे