सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।

सोमबार १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख १७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदी भने सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी आज प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार  १ : ३२ बजे