भुकुम्प प्रभावित क्षेत्रमा कांग्रेसको टहरा निर्माण कार्य जारि,अस्थायी घर धमाधम हस्तान्तरण गरिदै



काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय समितिको निर्णय अनुसार जाजरकोट भुकुम्प प्रभावित क्षेत्रमा कांग्रेसको अस्थायी टहरा निर्माण अभियान जारि छ ।अस्थायी टहरा निर्माण कार्य अभियान अन्तर्गत रुकुम पश्चिमको सानो भेरी गाँउपालिकामा कांग्रेस केन्द्रिय सदस्य गुरु वराल, केन्द्रिय सदस्य मान बहादुर नेपाली ,रुकुम पश्चिमका सभापती प्रेम प्रकाश ओलि, युवा नेता शिव आचार्य लगायत नेता कार्यकर्ताहरु खटिरहेको युवा नेता महेश कुमार तिमिल्सानाले जानकारी दिए ।

बराल नेतृत्वको टोलिले निर्माण गरेका सानो भेरी गाउपालिका वडा नं ४ पुरानो गाउमा धनविर विक लगायत ५ वटा घर हस्तान्तरण भइसकेका छन भने सानो भेरि वडा नं १ चाइना बगरमा ५ घर निर्माण सकेर भोलि हस्तानतरण गर्ने तयारि रहेको नेता तिमिल्सानाले जानकारी दिए ।

कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलगत्तै कांग्रेसले जाजरकोट भुकम्प पिडितका लागि १००० अस्थायी आवास निर्माण अभियान जारि राखेको छ ।

प्रकाशित मिति : मंसिर १४, २०८० बिहीबार  ७ : ५१ बजे