एनसेलमा अर्बौं घोटाला भएको अनुमान छः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलमा अर्बौं घोटला भएको अनुमान रहेको बताएका छन्। मंगलबार ओखलढुंगा कांग्रेसको सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।

उनले एनसेलमा कानून दुरुपयोग भएको पाइएमा दोषी माथि कारबाही हुनुपर्ने बताए। ‘हिजोआज कुनै पत्रपत्रिका हेर्नुभयो भने एनसेलको अर्बौं रुपैयाँ घोटालाको काण्ड सुन्नुहुन्छ। प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छ,’ उनले भने, ‘जतिसुकै ठूलो मानिस यसमा संलग्न भएको होस्, यदि कुनै ठूलै नेताको सम्पत्ति कहीँकतै चोर बाटोबाट लगेर त्यो कालो धन नेपालमा फेरि लगानीको नाममा फर्काउने प्रयास भएको छ भने पनि जो(सुकै होस्, त्यसले दण्ड पाउँछ भन्ने विश्वास कांग्रेसले दिलाउन सक्नुपर्छ।’

मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर ९६ अर्ब ६६ करोड रूपैयाँ० मा बिक्री गरेको थियो।

प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार  ६ : ०१ बजे