दुबईमा थुप्रिएर र मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैनः उपसभामुख राना



मंसिर २०, काठमाडौं । उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने बताएकि छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएकि हुन्।

उनले कोप २८ मा थुप्रिएर र मन्त्रीहरुसँग भेट्दैमा क्लाइमेट चेन्जको असर कम नहुने बताइन् । उनले जलवायु परिवर्तनको असर कम गर्नको लागि आफ्नै भान्सा र आफ्नै दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्न आवश्यक भएको बताइन् ।

उनले भनिन्, ‘हाम्रो हरेक कुरामा पारदर्शिता हुनुपर्छ । युवाहरुलाई उद्यमी हुनका लागि त्यस्तै सरकारले विधेयकहरु बनाउनुपर्छ । सहज बनाइदिनुपर्छ । साथै पारदर्शिता पनि हुनुपर्छ । तपाईहरु कोको गएर आउनुभयो, कोप २८ मा रु क्लाइमेट चेन्जमा धेरैजना जानु भएको छ । क्लाइमेट चेन्ज दुबईमा थुप्रिएर, मन्त्री भेटेर मात्रै क्लाइमेट चेन्ज परिवर्तन हुने होइन । हामीले किचनबाट हरेक तपाईहरुको एक्टिभिटिबाट क्लाइमेट चेन्ज हुन्छ । यहीँबाट गरौँ न ।’

प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार  १२ : १० बजे