उमेश थानीले दिए आयल निगमको कार्यकारी निर्देशकबाट राजीनामा



काठमाडौं,२६ मंसिर । नेपाल आयल निगमको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छ्न । मंगलबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसमक्ष राजीनामा दिएका हुन् ।

२०७८ को फागुनमा खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त भएका थानीले कार्यकाल सकिनु १५ महिना अगाबै राजीनामा दिएका हुन् ।

उनले आफ्नो राजीनामाबारे कुनै कारण नखुलाएका छैनन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार  ६ : ०३ बजे