काठमाडौं,२७ मंसिर । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर रिट आज पनि हेर्न नभ्याइने भएको छ ।
उक्त रिट बुधबार सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेकोमा समय अभावका कारण हेर्न नभ्याइनेमा परेको हो ।
कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिथोलिएको भन्दै तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारको निर्णयबिरुद्द अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्चमा रिट हालेका थिए ।
सर्वोच्चले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै संयुक्त इजलासमा पेश गर्न आदेश दिएको थियो ।














