पौष १,काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति अलपत्र रुपमा चल्न दिन नसक्ने बताएका छन् ।
आईतवार पाँचथरको चिवाभञ्ज्याङमा मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित यात्राको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले
संकल्प यात्राले देशको बिग्रँदो अवस्थालाई सुधारेर जनतालाई आशावादी बनाउनुपर्नेमामा जोड दिएको बताए। उनले जनतामा निराशा फैल्याउने काम अहिलेको गठबन्धनले गरेको आरोप लगाउदै अभियानले देशका जनतामा पुनः जागरणको अवस्था सिर्जना गरेको पनि दाबी गरे । उनले देशको राजनीतिलाई सही बाटो र निकास निकाल्नुपर्ने अवस्था रहेको बताए ।
उनले भने, ‘यो यात्रा अत्यन्तै रमाइलो बीचका सांस्कृतिक कार्यक्रमहरु, सांस्कृतिक विभिन्न झाँकी, पहिरनदेखि अनेक कुरा ग्रहण गरेका छौँ । स्थानीय खाना, पहिरन, नृत्य, वाद्यवादन, संगीतसँग परिचित भएर सँगै हिँडेका छौँ । यो यात्र अत्यन्त सफल भएको छ । राजनीतिक हिसावले यो यात्रा आजको देशको बिग्रँदो अवस्था जो छ, जनतामा निराशा फैल्याउने काम अहिलेको गठबन्धनले गरेको छ, त्यसबाट जनतालाई मुक्त गर्न र आशावादी बनाउन र यो अभियानले देशका जनतामा पुनः जागरणको अवस्था सिर्जना गरेको छ । अरु पार्टीमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ । अब देशको राजनीति यसैगरी अलपत्र अवस्थामा चल्नु हुँदैन, देशको राजनीतिले सही बाटो र निकास निकाल्नुपर्छ । यहाँ देश र जनताको समय खेर गइरहेको छ । आउँदो पिढीको भविष्य अफ्ठ्यारोतर्फ धकेलिँदै छ । यस्तो अवस्थाबाट देशलाई जोगाउन यस संकल्प यात्राले असाधारण योगदान गरेको छ ।’
नेकपा ९एमाले० ले झुलाघाटबाट शुरु गरेको समृद्धि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन भएको हो । मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको यात्रा १८ औँ दिनमा मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु पाँचथरको चिवाभञ्ज्याङमा टुङ्गिएको हो ।














